५ असार २०८३, शुक्रबार

राष्ट्रिय सभाको एमाले प्रमुख सचेतकमा भगवती न्यौपाने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेकपा (एमाले) ले राष्ट्रिय सभा प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ ।

आइतबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाको प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो ।

न्यौपालाई एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम सोमबार फागुन २१ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकमा मनोनयन गरेको पार्टी सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहनुभएका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज सकिएकोले न्यौपानेलाई मनोनयन गरिएको हो ।