
काठमाडौं, २० फागुन । विद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएकी चितवनकी १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट आएको छ ।
त्रिवि शिक्षण अस्पतालले शालिनको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको हो । रिपोर्टमा शालिनको बलात्कार नभएको उल्लेख गरिएको छ ।रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ (झुन्डिएर) भनिएको छ । शालिन गत फागुन १० गते होस्टेलमा मृत फेला पर्नुभएको थियो ।
उहाँको परिवारले उहाँको बलात्कारपछि हत्या भएको दावी गर्दै आएको थियो । उहाँको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएकोमा परिवारको दवावमा काठमाडौं ल्याइएको थियो ।
रिपोर्ट सार्वजनिक भएसँगै शालिनले आत्महत्या गरेको पुष्टि भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या नै देखाएको थियो ।








प्रतिक्रिया