२७ जेष्ठ २०८३, बुधबार

एमाले अध्यक्ष ओलीलाई ठिक्क पारिएको १५१ किलोको माला उपाध्यक्ष पौडेलको गलामा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा १ सय ५१ किलोको मालाले स्वागत गरिएको छ।

धनुषाको महेन्द्रनगरमा भएको राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन आउनुभएका उपाध्यक्ष पौडेललाई जनकपुर विमानस्थलमा १ सय ५१ किलोको माला लगाएर स्वागत गरिएको हो ।

अध्यक्ष ओलीका लागि तयार पारिएको माला उपाध्यक्ष पौडेललाई लगाइएको हो । यसअघि अध्यक्ष ओली कार्यक्रममा सहभागी हुन आउने तय भएको थियो ।

तर ओलीको व्यस्ताका कारण सहभागी हुन नपाएपछि उपाध्यक्ष पौडेल सहभागी हुनुभएको हो । उक्त माला एमाले जनकपुरधाम उपमहानगर कमिटीले तयार गरेको हो ।