
काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग भेटवार्ताका लागि ओली र देउवा बालुवाटार पुग्नुभएको थियो । प्रचण्डले सुरूमा देउवा र त्यसपछि ओलीसँग भेटवार्ता गर्नुभएको हो ।
भेटवार्तामा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक ९टीआरसी० लाई टुंग्याउने विषयमा छलफल भएको जानकारी दिइएको छ ।
भेटवार्तामा दुवै नेता टीआरसी सहमतिमै अघि बढाउन सकारात्मक रहनुभएको प्रधानमनत्रीको सचिवालयले जानकारी दिएको छ ।








प्रतिक्रिया