२७ असार २०८३, शनिबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा चैत २० गते

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा बस्ने भएको छ । सभा चैत २० गते बिहान १० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ ।