
भक्तपुर, २० फागुन । चाँगुनारायण नगरपालिका–८ सुडालमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट सात सयभन्दा धेरैले उपचार र स्वास्थ्य परामर्श सेवा लिएका छन् ।
भक्तपुर विकास सहयोग संघको सहयोगमा थाकलमठ स्थित सरस्वती माविमा भएको निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरमा ७३२ जना लाभान्वित भएका हुन् ।
मातृका आई फाउन्डेसनको सहयोगमा डा.कृष्ण कुमार धनकोटीको टिमले आँखाको परीक्षण र उपचार सेवा प्रदान गर्नुभएको थियो ।
आँखा शिविरबा६ ३५६ जनाले सेवा लिए । त्यसमध्ये १६ जनाको मोतियाविन्दुको समस्या देखिएको छ । उनीहरुको निःशुल्क अपरेसन गरिदिने तयारी रहेको संघका अध्यक्ष राजु मृगेन्द्र जोशीले बताउनुभयो ।
यस्तै, डाक्टर ग्रेस जोशीको नेतृत्वमा पाँच भन्दा बढी दन्त चिकित्सकले शिविरमा दन्त सेवा प्रदान गर्नुभएको थियो । दन्त शिविरबाट भने ३७६ जनाले सेवा प्राप्त गरेको जोशीले जानकारी दिनुभयो ।
शिविरमा ८३ वर्षका ज्येष्ठ नागरिकदेखि २ वर्षका साना बाबुनानीहरूले समेत सेवा लिएको अध्यक्ष जोशीले बताउनुभयो ।








प्रतिक्रिया