
झापा, २० फागुन । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ लाई झापा गोल्डकपले सहयोग गरेको छ ।
‘अर्ना छैठौं झापा गोल्डकप’ उद्घाटन समारोहको अवसर पारेर शनिबार झापा गोल्डकपले पत्रकार उपचार कोषका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र प्रमुख अतिथि सभामुख देवराज घिमिरेले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
पत्रकारहरूको उपचारका लागि स्थापना गरिएको कोषको रकम १ करोड नजिक पुगेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो ।
गोल्डकपलाई सफल बनाउन झापाली पत्रकारहरूले ठूलो सहयोग गरेको भन्दै अर्ना छैठौं गोल्डकपको प्रिइभेन्ट प्रेस मिटमा अध्यक्ष बस्नेतले रकम सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।








प्रतिक्रिया