२२ जेष्ठ २०८३, शुक्रबार

दलित नेटवर्कको अध्यक्षमा मोहन ओड

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २० फागुन । राष्ट्रिय दलित नेटवर्कको अध्यक्षमा मोहन ओड निर्वाचित हुनुभएको छ । नेटवर्कको राष्ट्रिय सम्मेलन तथा १६ औँ साधारण सभाले ओडको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिले शनिबारै कार्यभार समेत सम्हालेको छ । सम्मेलनले संस्थापक अध्यक्ष गणेशबहादुर विश्वकर्मालाई संरक्षकको जिम्मेवारी दिएको छ । कार्यसमितिको उपाध्यक्षमा श्याम सुनार, महासचिवमा पार्वती आग्री, कोषाध्यक्षमा जंगबहादुर सुनार र सचिवमा गीता नेपालीलाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरूमा प्रेम बिके, कलावती भाँड, प्रेमकला सोव र दिक्षा सार्की चयन हुनुभएको छ ।

संस्थापक अध्यक्ष विश्वकर्माले नवनिर्वाचित समितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै संस्थाको नेतृत्वमा स्थापित भएकोमा बधाई समेत दिनुभयो ।

नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य समेत रहेका विश्वकर्माले मुलुकले संघीयता र समावेशी बिकासको अभ्यास गरिसकेको सन्दर्भमा दलितहरुको राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार स्थापना गर्नका लागि संगठनले निरन्तर पैरवी र पहरेदारी गर्दै आएको बताउनुभयो ।

उहाँले दिगो विकास लक्ष्यको कसैलाई पछाडी नपारौ भन्ने मुल मर्म र भावना अनुरुप संगठनको अभियान त्यसतर्फ केन्द्रीत हुनुपर्ने कुरामा जोड दिनुभयो ।