५ असार २०८३, शुक्रबार

शालिन पोखरेलको परिवारलाई न्याय दिलाउन सरकार प्रतिवद्व छ : प्रधानमन्त्री

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनकी बालिका शालिन पोखरेलको परिवारलाई न्याय दिलाउन सरकार प्रतिवद्व रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाले आफू दु:खी भएको उल्लेख गर्नुहुँदै न्याय दिलाउन सरकार दृढ र प्रतिवद्व रहेको बताउनुभएको हो ।

घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन आफूले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको समेत उहाँले स्पष्ट पार्नुभएको छ ।

शालिन चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो । उहाँको हत्या भएको दावी गर्दै उहाँको परिवारले न्यायको माग गरिरहेको छ ।