
विराटनगर, १९ मोरङ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडियामा बसको ठक्करबाट शनिबार पैदलयात्री महिलाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४०३४ नम्बरको बसले ठक्कर दिँदा ५२ वर्षीया मीराकुमारी श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार झापाको गौरीगन्ज माइती भएकी श्रेष्ठको भारतमा बिहे भएको खुलेको छ । उनी भारतको लुवाघाटमा बस्दै आएकी थिइन् ।
मोरङको सुन्दरहरैँचास्थित आफन्तको घरमा आएका बेला दुर्घटनामा परेर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका बेला उनलाई दिउँसो १२ः५० बजेतिर बसले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।
उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेको डीएसपी दाहालले बताउनुभयो ।
उहाँका अनुसार बस र चालक झापाको बिर्तामोड नगरपालिका–४ का ४० वर्षीय प्रेम भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।








प्रतिक्रिया