२३ असार २०८३, मंगलबार

अटोरिक्साबाट ६५ किलो गाँजा बरामद, चालक पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १९ फागुन । महोत्तरीको बर्दिबास नगरपालिका–८ बाट प्रहरीले करिब ६५ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति चेकजाँचका क्रममा पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय राजुप्रसाद चौधरी छन् । प्रहरी चौकी हात्तिलेट र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज१स ६५१७ नम्बरको अटोरिक्सालाई चेकजाँच गर्ने क्रममा लुकाइछिपाई राखेको गाँजा बरामद भएको हो ।

गाँजा बरामद भएपछि चालक चौधरी पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।