१० श्रावण २०८३, आइतबार

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १९ फागुन । सुनसरीको बर्जु गाउँपालिका–६ मा पर्ने हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई हिजो राति दुर्घटना हुँदा २२ वर्षीय निरज उरावको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज–७ का २० वर्षीय जयकुमार उराव, पछाडि बसेका २९ वर्षीय मनोजकुमार उराव र निरज उराव घाइते भएका थिए ।

उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा निरजको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुईजनाको उपचार भइरहेको छ ।