३१ जेष्ठ २०८३, आइतबार

नेदरल्याण्ड्सविरूद्ध पहिले बलिङ गर्दै नेपाल

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्सविरूद्ध पहिले बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । ओपनर अनिल साहलाई आजको खेलमा बेञ्चमा राखिएको छ । उनको स्थानमा कुशल भुर्तेल खेलमा फर्किएका छन् ।

जारी सिरिजमा नेदरल्याण्ड्स लगातार दुई खेलमा जित निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जित निकालेको छ ।

नेपाल फाइनल पुग्नका लागि आजको खेलमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने हुन्छ । आजको खेलमा नेपाल विजयी हुने र आइतबार नेदरल्याण्ड्सले नामिबियालाई हराउने हो भने नेपाल फाइनलमा पुग्नेछ ।

नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा नेदरल्याण्ड्सँसग २ रनले पराजित भएको थियो ।

शुक्रबार भने नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित निकाल्दा फाइनल खेल्ने सम्भावना जिवितै रहेको छ ।