२४ असार २०८३, बुधबार

बाँसबारी छाला जुत्ता कारखानाले हडपेको जग्गा राज्यकै नाममा आउँछ : गृहमन्त्री श्रेष्ठ

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने बताउनुभएको छ ।

शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्रीसँग समृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उहाँले सुशासन र संमृद्धिका लागि ब्युरोक्रेसिका उच्च तहका मान्छे र राजनीतिमा पहुँच राख्ने सम्पतिशाली मान्छेले जे पनि गर्न सक्छन् भन्ने कुरालाई आफूले खण्डित गरेरै छाड्ने बताउनुभयो ।

बाँसबारी जुत्ता कारखानाले सरकारी जग्गा हडपेको प्रकरणमा व्यत्तिगत रुपमा कसैलाई केही नभन्ने उल्लेख गर्नुभएका उहाँले कारखानाले हडपेको जग्गा सरकारको नाममा ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

‘बाँसबारीको जुत्ता कारखानाको प्रकरण हामीले कारबाहीको रुपमा प्रकृया अगाडि बढाएका छौं । र त्यो मालपोतद्वारा त्यो जग्गा राज्यकै नाममा आउने कुरामा म विश्वस्त छु’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो ।

आर्थिक, सामाजिकलगायत हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिरहेको उल्लेख गर्दै उहाँले नेपालमा राम्रो काम गर्न कठिन भएको बताउनुभयो । आफूले जुनसुकै ठूला प्रकरणमा ठूला मान्छेलाई समात्ने वित्तिकै दबाब र धम्की आउने गुनासो गृहमन्त्रीले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिँदै छ । तर, यहाँ दुर्भाग्य छ, दुःख नमान्नुहोला राम्रो काम गर्न बडो कठिन छ । तर, पनि गर्नै पर्छ ।’

नेपाल विकासका दृष्टिले अत्यन्तै राम्रो रहेको चर्चा गर्दै उहाँले देशलाई कुनै हालतमा वृद्धाश्रम बन्न नदिने संकल्पको आवश्यकता रहेको चर्चा गर्नुभयो । हरेक वर्ष युवा पलायनको बढ्दो ट्रेण्डलाई रोक्नुपर्नेमा जोड दिनुभएका उहाँले देश बनाउने संकल्प गरेर सबै एकताबद्ध भए समृद्धि सम्भव भएको बताउनुभयो ।

‘यो देशको मुहार फेर्नैपर्छ वृद्राश्रम र असफल राज्य बन्न दिनुहुँदैन । यो देश सुन्दर, स्वाधिन र लोकतान्त्रिक छ तर, देश समृद्ध देश पनि बन्छ भन्ने संकल्प गरेर हामी अगाडि बढ्नुपर्न । हामी एकताबद्ध भएर लागेपछि देशको समृद्धि सम्भव छ,’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो ।