४ श्रावण २०८३, सोमबार

कञ्चनपुरमा एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट हुँदै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १९ फागुन । नेकपा (एमाले) कञ्चनपुरको जिल्ला अधिवेशनका लागि आज शनिबार सबै वडामा प्रतिनिधि छनोट हुँदैछ ।

जिल्ला कमिटी बैठकले तय गरेको मापदण्डअनुसार ९२ वटै वडाबाट खुला, महिला, युवा र आदिवासी जनजाति तथा पालिकास्तरबाट दलित प्रतिनिधि छनोट गरिने जिल्ला सचिव तथा प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक पल्लबराज भट्टले जानकारी दिनुभयो ।

शनिबार भूगोलबाट प्रतिनिधि छनोट भएपछि जनसंगठनबाट प्रतिनिधि छनोट गरिने छन् ।

जिल्ला अधिवेशनमा झण्डै ५०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । अधिवेशनबाट जिल्ला पार्टीको नयाँ नेतृत्व चयन हुनेछ ।

एमाले कञ्चनपुरले चैत १ र २ गते महेन्द्रनगरमा जिल्ला अधिवेशन गर्दैछ ।

अधिवेशनको उद्घाटनका लागि पार्टी केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउनुहुने एमाले कञ्चनपुरकी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमितिले काम गरिरहेका छन् ।