२९ जेष्ठ २०८३, शुक्रबार

एलन मस्कले ओपनएआईविरुद्ध मुद्दा दायर गरे

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १९ फागुन । ट्विटर र टेस्लाका सीईओ एलन मस्कले च्याटजीपीटी निर्माता ओपनएआई र यसका सीईओ साम अल्टम्यानविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।

एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले मानिसको हितका लागि एआई प्रणाली बनाउने आफ्नो लक्ष्यसँग सम्झौता गरेको र माइक्रोसफ्टले आफ्नो लक्ष्य अन्तर्गत अधिकतम आम्दानी गरेको आरोप लगाउनुभएको छ ।

ओपनएआई अमेरिकी आर्टिफिशियल इन्टेलिजेन्स कम्पनी हो । एआई प्रविधिको भविष्यलाई ध्यानमा राख्दै यस कम्पनीले च्याटबट सेवा सुरु गरेको थियो, जसको नाम च्याटजीपीटी हो ।

यो सेवाले छोटो समयमै विश्वभर धेरै लोकप्रियता हासिल गर्‍यो र एआईको मामिलामा साम ओल्टम्यानको कम्पनी ओपनएआईले गुगल, सामसुङ र माइक्रोसफ्ट जस्ता ठूला कम्पनीहरूलाई पछाडि छोडन पुग्यो तर अब ओपनएआई विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी बनेको छ । र, साथै माइक्रोसफ्टको बन्द स्रोत सहायक कम्पनीमा परिणत भएको छ ।

यो नयाँ साझेदारी अन्तर्गत यो कम्पनीले आफ्नो विकास मात्र गर्दैन, माइक्रोसफ्टको लागि अधिकतम नाफा कमाउन एजिआइ प्रयोग गरिरहेको छ जबकि तिनीहरूले यसलाई मानवताको हितको लागि प्रयोग गर्नु पर्थ्यो । यो कुराबाट आक्रोशित एलोन मस्कले ओपनएआई र साम ओल्टम्यानविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।

कोर्टहाउस न्यूजका अनुसार टेस्लाका सीईओले सान फ्रान्सिस्को सुपीरियर कोर्टमा दायर गरेको मुद्दामा ओपनएआईलाई सम्झौताको उल्लंघन, विश्वस्त कर्तव्यको उल्लंघन र अनुचित व्यापार अभ्यासको आरोप लगाउनुभएको छ । उहाँका अनुसार कम्पनीले आफ्नो आधारभूत सम्झौताहरू उल्लंघन गरेको छ र अब खुला स्रोतको प्लेटफर्ममा फर्कनु पर्छ ।

ओपनएआईका अध्यक्ष ग्रेगरी ब्रोकम्यान र यसका सीईओ साम अल्टम्यानलाई मुख्यतया यस मुद्दामा नाम दिइएको छ । यसका साथै मस्कले माइक्रोसफ्ट र ओपनएआईका शीर्ष अधिकारीहरूलाई एआई प्रविधि प्रयोग गरेर नाफा कमाउन प्रतिबन्ध लगाउन पनि अदालतलाई आग्रह गर्नुभएको छ ।