१३ असार २०८३, शनिबार

छोरी जन्माएर मार्ने आमा १७ वर्षपछि पक्राउ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १९ फागुन । छोरी जन्माएर मार्ने एक आमालाई गोरखा प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी सहिदलखन गाउँपालिका-७ बुंकोटकी ३६ वर्षीया मञ्जु श्रेष्ठलाई गत मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई कैद सजाय असुलका लागि शुक्रबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

छोरी जन्म दिएर हत्या गरेको आरोपमा मुद्दा खेपेकी श्रेष्ठलाई गोरखा जिल्ला अदालतले २०६८ सालको माघ ३ गते तीन महिना कैद र पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

मुद्दा पुनरावेदन हुँदा सर्वोच्च अदालतले २०६९ चैत २३ गते उनलाई दुई वर्ष कैद सजाय फैसला गरेको प्रहरीले जनाएको छ ।