२४ असार २०८३, बुधबार

सिटिजन्स बैंकद्वारा ९.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षको लागि स्थिर रहने गरि ९.९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरको छ ।

सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १ प्रतिशत बढीको प्रिमियम दर लागु हुने बैंकले जनाएको छ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ ।

घर कर्जा अन्तर्गतका अन्य सुविधामा नि:शुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले जनाएको छ ।