२३ असार २०८३, मंगलबार

प्रधानमन्त्रीले फागुन २१ गते संसदलाई सम्बोधन गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।

अहिले प्रधानमन्त्री उपत्यका बाहिर रहनुभएकाले यही फागुन २१ गते संसदलाई सम्बोधन गर्नुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद सचिवालयलाई पत्र लेख्दै जानकारी दिएको हो ।

विपक्षी दलहरूले संसदमा प्रधानमन्त्रीले उठेका विभिन्न विषयमा जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री हराउनुभएको भन्दै खोजी गर्नुपर्ने बताउनु भएको थियो ।