६ असार २०८३, शनिबार

तेह्रथुमका गोपाल ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीको प्रारम्भीक निष्कर्ष

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । तेह्रथुम छथर गाउँपालिका-५ का ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीले प्रारम्भीक निष्कर्ष निकालेको छ। प्रहरीले हत्यामा संलग्न व्यक्ति पहिचानसमेत भइसकेको र उहाँलाई पक्रन मात्रै बाँकी रहेको बताएको छ। ‘हामीले हत्यारा पत्ता लगाइसकेका छौं, पक्राउ पर्न मात्रै बाँकी हो,’ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले भन्नुभयो । पाठकका अनुसार ढकालको हत्यामा हालसम्म तिनै व्यक्ति संलग्न देखिन्छन्, जुन दिन ढकालसँग उहाँ मात्रै अन्तिम समयसम्म हुनुहुन्थ्यो ।

सूर्यविनायक नगरपालिका-८ भक्तपुर सिपाडोलको एउटा गोठमा ढकालको शव हत्या गरेको अवस्थामा गत फागुन ११ गते फेला परेको थियो। उहाँ फागुन ९ गते बेलुका राति ८ बजे सिपाडोलस्थित डेराबाट बाहिर निस्कनुभएको थियो । उक्त घटना अनुसन्धानको क्रममा अन्य दुई जना ९एक जना केटा र केटी० पक्राउ पर्नुभएको थियो । ‘घटनाको अन्तिम सिनमा ती दुई व्यक्ति देखिँदैनन्, त्यसकारण हत्या गर्ने व्यक्ति ढकालसँग गोठतिर हिँडेका व्यक्ति मात्रै हुन् भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष हो,’ पाठकले भन्नुभयो ।

९ गते राति निस्किएपछि ढकाल ती व्यक्तिसँग सिपाडोलको एउटा पसलमा छिर्नुभएको थियो । पसलमा सडकमा मागेर हिँड्ने एक जना केटा र एक केटी पनि छिर्नुभएको थियो । पछि ती दुई जना पसलबाट बाहिर निस्कनुभएको देखिन्छ । ‘त्यहाँको सिसिटिभी फुटेज हेर्दा ढकाल र फरार व्यक्ति गोठतिर उकालो लागेको देखिन्छ,’ पाठकले भन्नुभयो । ‘ढकालको हत्या भएको कुरामा दुविधा छैन। गोठमा छिरेपछि ती व्यक्तिले इँटा(ढुंगा जे(जे भेटे, त्यसैले टाउकोमा हिर्काएर हत्या गरेका हुन्,’ उहाँले भन्नुभयो, ‘पोष्टमार्टम रिपोर्टले हत्या भएको देखाइसकेको छ।’

के एकै जना व्यक्तिले नै ढकालको हत्या गरेको होरु भन्ने प्रश्नमा डिएसपी पाठक घटनाको अनुसन्धानले त्यही अवस्था देखिएको बताउनुहुन्छ ।ती व्यक्तिसँग ढकालको के ‘रिसिइबी’ थियो भन्ने अनुसन्धानकै पाटो छ। जबसम्म फरार व्यक्ति पक्राउ पर्दैनन्, तबसम्म घटनाको पर्दा नउघ्रिने डिएसपी पाठकको भनाइ छ । ‘हामी फरार व्यक्तिलाई खोजी गरिरहेका छौं, हाम्रो अनुसन्धान टोलीले चाँडै पक्राउ गर्छ भन्ने आशा राखौं,’ उहाँले भन्नुभयो । ती व्यक्तिसँग ढकालको कहिलेदेखि चिनजान थियो भन्ने खुलेको छैन। ‘उनीहरूबीच के कस्तो सम्बन्ध थियो भन्ने अभियुक्त पक्राउपछि खुल्छ,’ उहाँले भन्नुभयो ।

यसरी भएको थियो हत्या

तेह्रथुम छथर गाउँपालिका-५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल पोहोर चैत महिनामा मलेसियाबाट फर्किनुभएको थियो । उहाँ युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहनुभएको थियो । ढकाल भक्तपुर सूर्यविनायक नगरपालिका(८ सिपाडोलमा श्रीमतीसँग बस्दै आउनुभएको थियो ।

प्रहरीका अनुसार उहाँकी श्रीमती अनलाइन व्यापार तथा नजिकैको एउटा बोर्डिङमा काम गर्नुहुन्थ्यो । ढकालकी एक जना छोरी हुनुहुन्छ । यही फागुन ९ गते राति ८ बजे अचानक ढकाल तेल किन्न भन्दै कोठाबाट निस्किनुभएको थियो । उहाँको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भीक निष्कर्ष छ।

सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको गोठमा उहाँको शव फेला परेको हो। उहाँको शव परालले छोपिएको अवस्थामा फेला परेको थियो। हत्या भएको स्थान ढकाल बस्ने कोठाबाट धेरै टाढा होइन। डिएसपी पाठकका अनुसार त्यसपछि ढकाल कोठाबाट नजिकैको एउटा पसलमा पुगेको देखिन्छन्। त्यहाँ पुग्दा अन्य तीन जना व्यक्तिसँग उहाँको भेट हुन्छ।

अनुसन्धानका सिलसिलामा वृत्त जगातीले त्यहाँ भेट भएका अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो । ‘उनीहरू नजिकैको पाटीमा बस्ने, मागिखाने व्यक्ति हुन्,’ पाठकले भन्नुभयो । उहाँका अनुसार त्यो पसलमा भेट भएपछि खानपिन भएको देखिन्छ। त्यसपछि ती दुई व्यक्ति (केटा-केटी) छुट्टिन्छन्।

‘गोठ भएतिर ढकाल र अहिले हामीले पत्ता लगाएर खोजी गरिरहेका व्यक्ति मात्रै गएका देखिन्छन्,’ उहाँले भन्नुभयो। ती दुबै केटा-केटीले मोबाइल फोन बोक्दैनन्। हत्या गर्ने व्यक्तिसँग मोबाइल नभएको देखिएको पाठकको भनाइ छ । हत्या आकस्मिक हो वा पहिलेदेखि बनाइएको योजनाअनुसार हो भन्ने खुलेको छैन। जब तीन जना छुट्टिन्छन्, त्यसपछि हत्या गर्नेले ढकालकै मोबाइलबाट उनकी श्रीमतीलाई फोन गर्नुभएको थियो । ‘योजनाकारले राति नै दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु भनी ढकालकी श्रीमतीलाई फोन गरेका छन्,’ डिएसपी पाठकले भन्नुभयो ।

त्यसलगत्तै ढकालको फोन अफ भयो। यता घरपरिवारमा बेचैनी दौडिरहेकै बेला र खोजीको प्रयास हुन नपाउँदै हत्या भएको थियो। गोठमा पुगेपछि इँटा तथा ढुंगाले टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरिएको देखिएको पाठकले बताए। मोबाइल अफ भएको भोलिपल्ट फागुन १० गते आफन्तले प्रहरीलाई यो खबर सुनाउनुभयो र खोजीका लागि वृत्त जगातीमा निवेदन दिनुभयो ।

रकम माग गरिएकाले अपहरण भएको हुनसक्ने आशंका गरी प्रहरीले अनुसन्धान सुरू गर्‍यो। अनुसन्धानकै थालिएको भोलिपल्ट ११ गते गोठमा ढकालको शव फेला परेको भनी खबर आएको थियो। फरार भएका व्यक्तिले अफ गरेर ढकालको मोबाइलसमेत लग्नुभएको छ । ‘पक्राउ पर्न मात्रै बाँकी हो, अन्य सबै कुराहरू पत्ता लागिसकेको छ,’ पाठकले भन्नुभयो।