
काठमाडौं, १८ फागुन । नेपाली राष्ट्रिय फुटबल टीमका सदस्यहरू विदेश पलायन हुने क्रम रोकिएको छैन ।
एक किसिमले भन्ने हो भने नेपाली फुटबल सुनसान जस्तै बनिसकेको छ । पछिल्लो दुई वर्षमा नेपाली फुटबलको भविष्यको रूपमा हेरिएका दुई दर्जन खेलाडीसहित एक सयजना भन्दा बढी फुटबलर अष्ट्रेलिया पलायन भइसक्नुभएको छ ।
यसैबीच, राष्ट्रिय फुटबल टीमका डिफेन्डर विकास खवास पनि अस्ट्रेलिया जानुभएको छ । नेपाली राष्ट्रिय टीमबाट सन् २०२० मा बंगालदेशविरुद्ध खेलेर डेब्यू गर्नुभएका विकासले चार क्याप जित्नुभएको छ ।
विकास घरेलु टीमतर्फभने त्रिभुवन आर्मी क्लबसँग आबद्ध हुनुहुन्थ्यो ।








प्रतिक्रिया