६ असार २०८३, शनिबार

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल, तीन खेलाडी परिवर्तन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु मैदानमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरको हो ।

नेपालले आफ्नो टिममा आज तीन खेलाडी परिवर्तन गरेको छ ।

नेपालले आज कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशीको स्थानमा अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेखलाई टिममा सामेल गरेको छ ।

यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ ।

नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।