८ असार २०८३, सोमबार

टिपरले बस र बोलेरोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, २ घाइते

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १८ फागुन । मोरङको बेलवारी नगरपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिँदा टिपर अनियन्त्रित भई सोही दिशातर्फ आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बोलेरो चालक बिर्तामोड नगरपालिका-२ झापाका ३६ वर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका-४ की ४४ वर्षीया दीपा खनाल छन् । उनीहरूको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताउनुभयो ।

घटनामा घाइते भएका बिर्तामोड-२ की ४८ वर्षीया गायत्री भट्टराई र बिर्तामोड-४ का ४६ वर्षीय हरि खनालको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

प्रहरीले टिपर चालक सुन्दरहरैंचा नगरपालिका-७ मोरङका २३ वर्षीय चन्द्रकुमार विक र बसका चालक सुन्दरहरैंचा-१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।