३१ जेष्ठ २०८३, आइतबार

प्रेमीसँग मिलेर छोरीको हत्या गर्ने आमालाई मृत्युदण्डको सजाय

20.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलकत्ता, १८ फागुन । कोलकत्ता महानगरसँग जोडिएको हावडा जिल्लाको अदालतले बिहीबार आमा र उनका प्रेमीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

आमाले प्रेमीसँग मिलेर छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी ठहर गरेको हो ।

बिहीबार अदालतले दुवै दोषीलाई मृत्युदण्डको फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हत्या सन् २०१५ को डिसेम्बरमा भएको थियो ।

हावडा जीआरपीले फलकनामा एक्सप्रेसको झोलाबाट एक बालकको विकृत शव बरामद गरेको थियो, त्यसपछि घटनाको सनसनी खुलेको थियो ।

समाचार अनुसार हसिना सुल्ताना आन्ध्र प्रदेशको गुन्टुरस्थित आफ्नो ससुरा घर छोडेर बच्चासहित प्रेमीसँग भागेकी थिइन् । त्यसपछि उनी आफ्नो प्रेमी भानु शाहसँग हैदरावादको बंजारा हिल्स क्षेत्रमा बस्न थालेकी थिइन् । उनको प्रेमी त्यहाँ भाडाको घरमा बस्थे तर हसिनाका छोरी जिसान उनीहरु दुबैको बीचको प्रेममा बाधक बन्न पुगिन् ।

त्यसैले आफ्नो प्रेमीको सहयोगमा जिसानकी आमा हसिनाले प्रेमीसँग मिलेर छोरीको हत्या गरिन्, जुन निकै विभत्स अवस्थामा शव भेटिएको थियो ।

उता, छोरी र नातिनी नभेटिएपछि सुल्तानाका परिवारले उनको फोटोसहित प्रहरी चौकीमा हराएको उजुरी दिएका थिए ।

हावडा स्टेशनमा जिसानको शव फेला परेपछि ती तस्बिरहरूको आधारमा अनुसन्धान अघि बढ्यो र जिसानको हत्या भएको खुल्न गयो । त्यसपछि सुरू भएको प्रहरी अनुसन्धान अनुसार हावडा जीआरपीले सुल्ताना र उनका प्रेमी भानुलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो ।

सरकारी वकिल अरिन्दम मुखोपाध्यायले फास्ट ट्र्याक अदालतका न्यायाधीशले प्रमाणका आधारमा दुवैलाई दोषी ठहर गरेको बताउनुभयो । उहाँले दुवैलाई मृत्युदण्डको सजाय सुनाएको जानकारी दिनुभएको छ । तर, दोषीका वकिल फिरोज सरकारले फाँसीको आदेशलाई उच्च अदालतमा चुनौती दिने बताउनुभयो ।