२५ जेष्ठ २०८३, सोमबार

मौसम पूर्वानुमान : आइतबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रमा चट्याङ र असिनापानी

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । पश्चिमी वायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौं उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् डा. विनोद पोखरेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकामा समेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।

‘शनिबार बिहानैदेखि वर्षा हुने र पश्चिमी क्षेत्रमा हिमपात र हल्का वर्षा हुने देखिन्छ । पोखरा र काठमाडौंमा पनि वर्षा हुने देखिन्छ,’ उहाँले भन्नुभयो । आइतबार पनि पानी पर्न सक्ने र सोमबारदेखि फेरि मौसम सामान्य हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार यही अवधिमा तराईमा भने हल्का वर्षामात्रै हुने छ भने पूर्वी तराईमा भने पानी पर्ने सम्भावना कम छ । उच्च पहाडी र हिमाली भेगमा भने हिमपात हुने मौसमविद् पोखरेलले जानकारी दिनुभयो ।