
काठमाडौं, १८ फागुन । एशियन लाईफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज बस्दैछ । इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई ८.१६ प्रतिशत लाभांश वितरण गर्ने छ ।
कम्पनीको साधारणसभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि छ ।
त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ८ गते बुक क्लोज गरेको छ । तसर्थ, फागुन ८ भन्दाअघिसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।








प्रतिक्रिया