
काठमाडौं, १८ फागुन । राष्ट्रिय सभा बैठक आज शुक्रबार बस्दैछ ।
बैठक सघीय संसद भवन, नयाँ बानेश्वरमा अपरान्ह १२ः०९ बजेबाट बस्नेछ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशवाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फवाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरिक्षण र मुल्याङ्कनको प्रतिवेदन २०८०’ सभा समक्ष पेश गर्नुहुनेछ ।
यसैगरी दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङ्कन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नुहुनेछ ।
विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘खाद्य अधिकार तथा खाद्य सम्प्रुभता सबन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन २०८० सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ ।









प्रतिक्रिया