२९ जेष्ठ २०८३, शुक्रबार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने भाउ नबढाउने भएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रति लिटर ०.२१ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको जनाएको छ। त्यस्तै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ।

योसँगै प्रतिसिलिन्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको छ।