
काठमाडौं, १७ फागनु । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले २०८१ सालभरी एमालेले शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने बताउनुभएको छ ।
जनसंगठन समन्वय संयन्त्र मोरङको आयोजनामा लेटाङमा भएको जिल्लास्तरीय दुइदिने प्रशिक्षणको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले शुद्धिकरण र सुदृढिकरण अभियान चलाउने बताउनुभएको हो ।
एक बर्षे अभियानबाट झार पतिङगर सोरसार पारेर उर्जावान पार्टी बनाउने उहाँको भनाइ छ । देश बनाउने सपनालाई मुर्छित होइन जागृत गराउन संगठन सुदृढिकरण अपरिहार्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले जनबिश्वासमा खरो उत्रन कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो । जनताको पब्लिक अडिटबाट बेरुजु निस्किने, आचरणहीन तथा जनताले बिश्वास नगर्नेहरु एमाले हुन नसक्ने उहाँको भनाइ छ ।
दुईदिनसम्म चलेको प्रशिक्षणमा एमालेको जनवर्गिय संगठनका मोरङमा रहेका केन्द्र, प्रदेश र जिल्लातहका नेताहरु दुईसय बढी सहभागि हुनुहुन्थ्यो ।








प्रतिक्रिया