
काठमाडौं, १७ फागुन । संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरलाई बेलायतले भिषा दिन अस्वीकार गरेको छ ।
कार्यक्रमका लागि बेलायत जान लाग्नुभएकी रानालाई भिसा नदिएपछि राना बेलायत जान नपाउनुभएको हो । एनआरएनए युकेको निमन्त्रणामा मार्च २ तारिख शनिबारका दिन लण्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक भीसा’ का कारण अन्तिम समयमा स्थगित भएको हो। उहाँ एनआरएनए युकेले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन जाने कार्यक्रम थियो।
पूर्व निर्धारित कार्यक्रमअनुसार रानामगर बेलायतमा एक साता रहने योजना थियो । उहाँको बेलायती पूर्व प्रधानमन्त्री टेरेजा मे, उपसभामुख लगायत नेतासँग भेटघाट पनि तय भएको थियो। यस्तै, ७ जना बेलायती सांसदले ननिङटनमा च्यारिटी डिनर र विभिन्न संघसंस्थाले अन्तरक्रिया गर्नेसमेत तय भएको थियो ।
त्यस्तै, मार्च ५ तारिख मंगलबार एनआरएनए युकेकै आयोजनामा उनीसँग ‘वंशजको नेपाली नागरिकतासम्बन्धी मुद्धा’ मा एक अन्तरक्रिया तय भएको थियो । तर उपसभामुखलाई बेलायतले अन्तिम समयमा भिसा नदिएको हो ।








प्रतिक्रिया