१८ असार २०८३, बिहिबार

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ फागुन २१ गते

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथ यही फागुन २१ गते हुने भएको छ ।

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित हुनुभएका सदस्यहरुको सपथ फागुन २१ गतेका लागि राखिएको संघीय संसद सचिवालयले जनाएको छ ।

उहाँहरुको सपथ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा (२) अनुसार कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन आग्रह गरिएको छ ।