२८ असार २०८३, आइतबार

एमाले बर्दियाले तोक्यो अधिवेशनको मिति, गुटबन्दी रोक्न एकै दिन प्रतिनिधि छनोट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, फागुन १७ । नेकपा (एमाले) बर्दियाको जिल्ला अधिवेशन आगामी बैशाख १४ गतेबाट हुने भएको छ । बिहीवार सम्पन्न जिल्ला कमिटीको नवौं बैठकले आगामी बैशाख १४ देखि १६ गतेसम्म गर्ने निर्णय लिएको हो ।

नेकपा एमालेको बैठकले बैशाख ३ गते जिल्लाका सवै वडामा एकसाथ प्रतिनीधि चयन गर्ने मिति तोकेको छ । प्रतिनीधि छनौट पश्चात बैशाख १४ गतेदेखि अधिवेशन सुरु हुने एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो ।

बैठकले अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमिति बनाएको छ । अधिवेशनको प्रतिनिधि छनौटको मापदण्ड र क्षेत्रको निर्णय पनि गरिएको हो । अध्यक्ष श्रेष्ठले पार्टीले हरेक पालिकादेखि नै राजनीतिक प्रतिवेदन तयार गर्ने बताउनु भयो ।

अधिवेशनलाई भव्य सभ्य र पद्धति अनुसार सञ्चालनका लागि तोकिएको जिम्मेवारी र दायित्व सबैले बहन गर्न आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथी एमाले पोलिटव्युरो सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज लीला गिरीले सबै नेतालाई जिल्ला अधिवेशनको तयारीमा लाग्न निर्देशन दिनुभयो ।

बैठकमा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्यहरु लक्ष्मण ज्ञावली, शोभा ज्ञावली, भीम केसी, खड्कबहादुर खड्का, निर्वाचन आयोगका सदस्य विमला विक, प्रदेश कमिटी सहसचिव लिला रानालगायका नेताहरुको उपस्थिति रहेको थियो ।