१ असार २०८३, सोमबार

नेप्सेमा २८.६८ अंकको गिरावट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । सेयर बजार परिसुचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा कायम भएको हो । आज नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम बुधबारको तुलनामा बढेको छ ।

आज तीनसय नौ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर दुई अर्ब ५९ करोड ८७लाख ३७हजार २२८ रुपैयाँमा किनबेच भए ।
आज सेन्सेटिभ इण्डेक्स १.३४ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए । सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो ।
आज १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन् । फाइनान्स उपसमूहको सूचक सर्वाधिक ३.२१ प्रतिशतले घट्यो ।

आज कारोबार भएका कम्पनीमध्ये १७ वटाको मूल्य बढ्दा दुई सय २० वटाको सेयर घटेको छ । ११ वटा कम्पनीको सेयरमा कुनै परिवर्तन भएन् ।