२८ जेष्ठ २०८३, बिहिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

विनिमय दरमा भने सोमबारको तुलनामा आज खासै फेरबदल छैन । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६४ पैसा र बिक्री दर १४४ रुपैयाँ २९ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ६५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।