२७ असार २०८३, शनिबार

डबल लखपति बन्ने मौका, इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । इसेवाले यस वर्ष पनि पुन: ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको इसेवाले जनाएको छ।

इसेवामा रहेको यात्रा सम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्यासब्याक तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ। ‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त अफर मार्फत यात्राको लागि इसेवाको प्रयोग गरी हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको इसेवाले जनाएको छ। यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप २ लाख प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ।

यस अफर अन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि ल्याएको छ। आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले ७ हजारसम्मको फूल रिफण्ड स्वरूप पूर्ण क्यास ब्याक जित्ने मौका पाउन सक्नेछन् िसाथै, यस अफर अन्तर्गत तीन वा बढी आन्तरिक हवाइजहाजको टिकट बुक गर्दा सबैले तीनसयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन्स जसका लागि प्रोमो कोडमा “थ्बतचबघण्ण्” प्रयोग गर्नुपर्नेछ। त्यस्तै, इसेवा मार्फत् होटल बुक गर्दा प्रोमो कोडमा “ज्यतभद्दिण्ण्” प्रयोग गरी सबैले रु २०० क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, इसेवाबाट बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले (हरेक हप्ता २ जनाको दरले) अफर अवधिमा १०० प्रतिशत क्यासब्याक (रिटर्न टिकटको मूल्य बराबर) जित्ने मौका मिल्नेछ। प्रत्येक हप्ता, यी दुई भाग्यशाली विजेताहरू इसेवाको आधिकारिक सामाजिक सञ्जालको पेज मार्फत् घोषणा गरिनेछ। साथै प्रोमो कोडमा “Hotel200” प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले ५० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। अझ थप, इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले “YATRA100” प्रोमो कोडको प्रयोगमा १०० क्यास्ब्याक पाउन सक्नेछन्। यसैगरी, अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म १५०० सम्म क्यास ब्याक ९५ प्रतिशतको दरले० प्राप्त गर्न सकिनेछ। यो अफर फाल्गुन १३ देखि चैत्र १३ गतेसम्म लागू हुनेछ।

यी सबै अफर बारे विस्तृतमा जानकारी इसेवाको आधिकारिक ब्लग तथा सामाजिक सञ्जालमा रहेको इसेवाले जनाएको छ। यस अफर मार्फत यात्रा सम्बन्धी सेवाहरू इसेवामा सजिलै उपलब्ध भएको बारे ग्राहकवर्गमा सूचित गर्न चाहेको जनाएको छ। सेवाग्राहीले क्यास ब्याक पाउनका लागि दिइएको प्रोमोकोडको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने तथा ४८ घण्टामा इसेवा खातामा स्वचालित रूपमा उपलब्ध हुने समेत इसेवाले जनाएको छ। यो अफर सम्बन्धी थप शर्तहरू आधिकारिक ब्लग मार्फत बुझ्नका लागि पनि इसेवाले जनाएको छ।