
काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसिरहेको छ ।
बिहान साढे ८ बजे देखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्ला बैठकहरूमा उठेका सवालहरूको जवाफ दिने र समसामयिक राजनीतिक घटनाक्रमको बिफ्रिङ गर्ने कार्यसूची छ ।
पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले केहीबेर अघिदेखि बैठक बसिरहेको जानकारी दिनुभयो ।
हालै मात्र विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्ष नेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ ।
माओवादीले चैत १ गतेदेखि तराई–मधेशमा अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ । आजको बैठकले तराई–मधेश अभियान र उत्तर–दक्षिण अभियानका विषयमा टुंगो लगाउने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया