३० जेष्ठ २०८३, शनिबार

बेलायती पाउण्डको भाउ बढ्यो, कुन देशको विनिमय दर कति ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३३ रुपैयाँ ९३ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ । सोमबार युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा तोकिएको थियो ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०१ पैसा र बिक्री दर १६८ रुपैयाँ ७७ पैसा पुगेको छ । सोमबारको तुलनामा पाउण्ड आज बढेर आएको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९१ पैसा र बिक्री दर १६८ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।