१८ असार २०८३, बिहिबार

राजेन्द्र महतोले छाडे लोसपा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्नुभएको छ ।

उहाँले आज पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले पार्टी परित्याग गर्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गर्नुभएको छ ।अबको क्रान्ति पुराना दल र व्यक्तिबाट सम्भव नहुने उहाँको भनाइ छ ।

उहाँले राष्ट्रिय मुक्ति आन्दोलन अभियान भएको र अहिले नै पार्टीको स्वरूप गठन गरिनसकेको बताउनुभयो ।

‘विभिन्न विचार राख्ने पार्टीका नेता, कार्यकर्ता, व्यक्ति–व्यक्तित्व अभियानमा लाग्न सक्छन्। हामी अभियान, विद्रोह र संघर्षको माध्यम हुँदै क्रान्तिमा पुग्छौं। अहिले सरकारमा रहेका पार्टीहरू तत्काल आन्दोलन, अभियानका लागि तयार देखिएन। हामी आग्रह गर्छौं, सरकार छाड, जनताको बीचमा आऊ, पहिचानको कुरा गर, संघर्षको कुरा गर,’ उहाँले भन्नुभयो ।