
काठमाडौं, १४ फागुन । सभामुख देवराज घिमिरेलले संसदमा प्रतिपक्षी दलहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई पुन: रूलिङ गर्नुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकको सुरूमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गर्दै अवरोध गरेपछि दोस्रो बैठकमा सभामुखले जवाफ दिन रूलिङ गर्नुभएको हो ।
सभामुखले पुन: रुलिङ गर्नुभएसँगै सभाको बैठक नियमित रूपमा सुचारु भएको छ । एमालेले विवादित मन्त्रीहरूको राजीनामाको माग गर्दै यसबारे प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ ।








प्रतिक्रिया