१९ असार २०८३, शुक्रबार

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको बोलाएको हो ।

सभा चैत ५ गते शुभ होटल प्रालि, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबको विषयमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ । सभाले स्वतन्त्र सञ्चाल पनि निर्वाचन गर्नेछ ।