
काठमाडौं, १३ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले शैक्षिक सामाग्री वितरण गरेको छ ।
बैंकले गैंडाकोट नगरपालिका १५ अमरापुरी,नवलपरासी पूर्वमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको वार्षिकोत्सवको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको हो ।
कार्यक्रममा शाखाले आर्थिक तथा सामाजिक रूपमा विपन्न उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको जनाएको छ ।
यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भएपनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम भएको विश्वास बैंकले लिएको छ ।








प्रतिक्रिया