२० असार २०८३, शनिबार

शान्ताले अध्यक्ष ओलीलाई बेचिन् चार हजारको अचार

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेकपा एमालेकी नेतृ शान्ता चौधरी पछिल्लो समय आफ्नै व्यवसायमा व्यक्त हुनुहुन्छ ।

उहाँले उद्योग दर्ता गरेर आफैँले बनाएको अचार व्यवसाय गरिरहनुभएको छ । यसैबीच नेतृ चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार हजारको अचार बेच्नुभएको छ ।

शान्तासँग अध्यक्ष ओलीले चार हजारको टिमुर र लसुनको अचार खरिद गर्नुभएको हो । शान्ता आइतबार ओली निवास बालकोटमै अचार लिएर पुग्नुभएको थियो । अध्यक्ष ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत शान्ता चौधरीसँग अचार खरिद गरेको फोटो सहितको जानकारी दिनुभएको हो ।

अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘शान्ता चौधरीले शान्ताको अचार उद्योग खोल्नु भएको रहेछ । उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन् । मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ । शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना । शान्ताजीलाई बधाई ।’