२१ असार २०८३, आइतबार

ग्लोबल आइएमई बैङ्कको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन। ग्लोबल आइएमई बैङ्क लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं-७ चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैङ्कले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो। यो काउन्टर सञ्चालनमा आएसँगै बैङ्कका एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टरहरूको सङ्ख्या ६५ पुगेको छ।

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैङ्किङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैङ्किङ सेवाहरू उपलब्ध हुने बैङ्कले जनाएको छ।