२३ जेष्ठ २०८३, शनिबार

केपी ओली कप फुटबल : केपी ओली एफसीसँग चर्च ब्वाइज युनाइटेड पराजित 

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब ‘केपी ओली एफसी’सँग पराजित भएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । केपी ओली एफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफनाले एक गोल गरे ।

खेलको ५८औँ मिनेटमा फोफनाले पहिलो गोल गरेका थिए । यस्तै खेलको ६८औँ मिनेटमा गुरुङले आफ्नो पहिलो तथा खेलको ८०औँ मिनेटमा दोस्रो गोल गर्दै केपी ओली एफसीलाई ३–० गोलले जित दिलाएका थिए ।

नेकपा (एमाले) को भातृ सङ्गठन युवा सङ्घ नेपालको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।