५ असार २०८३, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बिहीबारबाट जारी स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

बिहीबारको बैठकमा माओवादी विशेष रुपान्तरण अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, सुदूरपश्चिम प्रदेशमा दल नेता फेरबदललगायतका विविध चारवटा एजेण्डामा केन्द्रीत रहेर छलफल गरेको माओवादीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले बताउनुभयो ।

आजको बैठकमा भने भूकम्पपछिको पूर्ननिर्माण, मधेश प्रदेश सरकारलाई विस्वासको मत दिनेबारे छलफल गर्नुका साथै माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गर्ने सातै प्रदेशबाट तीन जनासहित थप तीन प्रदेशका (माओवादीले मानेको उपत्यका विशेष कमिटी र अन्य दुई संगठनात्मक विभाग सहित)उत्कृष्ट योगदान गर्नेलाई सम्मान गर्ने र कम योगदान गर्ने तथा योगदान नै नगर्नेलाई सोही अनुसारको कारबाही गर्ने कार्यक्रम तय गरेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

माओवादीले अभियानमा राम्रो, नराम्रो दुवै काम गर्नेको नाम आजै सार्वजनिक गर्दैछ । ‘पहिलो पटक हाम्रो पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ । अभियानमा सबैभन्दा बढी खट्ने, राम्रै खट्ने, खट्ने तर काम नगर्ने, नखट्ने गरी चार क्याटेगरीमा छुट्याएका छौं । त्यो मध्ये १० वटै प्रदेशबाट तीन, तीन जना उत्कृष्ट काम गर्ने र काम नगर्ने नेतालाई कारबाही गर्ने निर्णय भएको छ, त्यो नामहरु आजै सार्वजनिक गर्छौ । राम्ररी काम नगर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउने, चेतावनी, निलम्बनलगायत हुनेछन्,’ सापकोटाले भन्नुभयो ।