३ असार २०८३, बुधबार

मालबाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित ४ जना घाइते, स्थानीय आक्रोसित

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ११ फागुन । मोरङको बुढीगंगा गाउँपालिका–४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालबाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते भएका छन् ।

बिहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको थियो ।

ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ । बच्चाहरुको अवस्था भने गम्भीर छ । ट्रकले किचेर बच्चाहरु घाइते भएपछि स्थानीयबासी आक्रोसित बनेका छन् ।