२१ असार २०८३, आइतबार

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ११ फागुन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहानै एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ३४ वर्षीय दिलिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चौधरी ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलमा सुर्तनाबाट खैरहनी–१० कै कठार जाँदै थिए । तर, बाटोमा उनी चढेको मोटरसाइकल पल्टिएको र खुट्टा च्यापिएको अवस्थामा स्थानीयले भेटाएपछि बिहान पौने ६ बजे प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनामा चौधरीको मृत्यु भएको र वरपर अर्को सवारी नदेखिएका कारण कसरी दुर्घटना भयो भन्नेबारे यकिन नभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताउनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।