८ असार २०८३, सोमबार

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गर्ने पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई प्रहरीले बिहीबार गोंगबुबाट ​पक्राउ गरेको हो ।

थापाले ती महिलासँग सम्बन्ध रहेका बेला खिचिएका अन्तरंग तस्वीर र भिडियो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट उनका परिवारलाई पठाएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि पक्राउ गरेको जनाएको छ ।