
काठमाडौं, ११ फागुन । राष्ट्रिय सभा बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजे बैठक बस्नेछ ।
आजको बैठकमा सांसद दिलकुमारी थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सभा समक्ष पेश गर्नुहुनेछ छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुको साथै विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।









प्रतिक्रिया