
धनगढी, ११ फागुन । कैलालीमा लागूऔषध मुद्दामा फरार रहेका एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको पिलिभित विशनपुर देउरीया ग्रामका ४१ वर्षीय पप्पु भन्ने जहिर खानलाई बिहीबार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कैलालीले लागूऔषध मुद्दामा ४ वर्ष ९ महिना २१ दिन कैद सजाय र १० हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
उनी सोही दिनबाटै फरार रहेका थिए । त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार धनगढी उपमहानगरपालिका २ बाट पक्राउ गरेको हो ।








प्रतिक्रिया